२२ जेठ २०८३, शुक्रबार

बाजुरामा भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव  निकालियो

साउन २४, २०८२
काठमाडौं
बाजुरामा भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव  निकालियो

    बाजुराको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको  छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले शुक्रवार साँझ शब निकालेको हो  । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ बर्षिय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिव ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए । उनी साउन २२ गते राति ८ वजे भिरबाट खसेका थिए । 

घटानाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरिको सहितको संयुक्त सुरक्षाफौज उद्दारमा परिचाल भएको थियो । थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते विहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज समेत त्यसतर्फ पठाईएको  थियो । सोही फौजले खोंचबाट शब निकालेको सशस्त्र प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्