३० जेठ २०८३, शनिबार

दैलेखमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ​

साउन २५, २०८२
दैलेख
दैलेखमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ​

दैलेखमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका- ८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र २५ वर्षीय गोपेन्द्र भन्ने गोविन्दबहादुर शाही छन् । उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्