२२ असार २०८३, सोमबार

रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा

साउन २६, २०८२
बुटवल
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा

रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली सोमबार भैरहवा पुगेको छ ।

केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा विभिन्न प्रकारका समाचार आएपछि मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमनमा पुगेको हो । 

अनुगमन टोलीमा मानवअधिकार आयोगकी सदस्य लिली थापा, आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा बीसीलगायत छन् ।

टोलीसँगै पुगेका पत्रकारहरूलाई भने, भित्र प्रवेशमा रोक लगाइएको छ ।

सहकारी ठगीको अभियोगमा लामिछाने पुर्पक्षका लागि थुनामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्