२२ असार २०८३, सोमबार

त्रिविका रजिस्ट्रारमाथि हातपात गरेको आरोपमा अखिल क्रान्तिकारीका केही नेता पक्राउ

साउन २६, २०८२
काठमाडौं
त्रिविका रजिस्ट्रारमाथि हातपात गरेको आरोपमा अखिल क्रान्तिकारीका केही नेता पक्राउ
त्रिविमा धर्नाका क्रममा अखिल क्रान्तिकारी ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन, अनेरास्ववियु क्रान्तिकारी आबद्ध विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार  केदार रिजालमाथि हातपात गरेका छन् ।

त्रिवि उपकुलपति प्राडा. दीपक अर्यालको कार्यकक्ष अगाडि ढोकामा रिले अनशन बसेका क्रान्तिकारी नेताहरूले रजिस्ट्रार रिजालमाथि हातपात गरेको त्रिवि प्रशासनले जनाएको छ ।

उनीमाथि हातपात गरेको भन्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष अटल आचार्य, उपत्यका विशेष प्रदेश इन्चार्ज निरोज श्रेष्ठलगायतका नेताहरू पक्राउ परेका छन् । अर्यालको कार्यकक्ष अगाडि ढोकामा अखिल क्रान्तिकारीले १९ दिनदेखि धर्ना दिइरहेको थियो । 

उनीहरूले रजिस्ट्रार रिजाललाई टेबल क्यालेण्डर प्रहार गर्नुका साथै पानीको गिलासले प्रहार गरेको बताइएको छ । तोडफोडबाट रजिस्ट्रार कार्यालय क्षतिग्रस्त भएको छ भने रजिस्ट्रार रिजाललाई सामान्य चोट लागेको छ । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो ।  

अखिल क्रान्तिकारी पूर्वअध्यक्ष पञ्चा सिंहले भने प्रहरीले दमन र धरपकड गरिएको बताएकी छन् । उनले त्रिभुवन विश्वविद्यालयमा शुल्क वृद्धि विरुद्धको विद्यार्थी आन्दोलनको १९ औं दिनसम्म पनि वार्ता र संवादको कुनै पहल नगरी उल्टै प्रहरी परिचालन गरेर दमन गरिएको बताएकी छन् ।

‘यस प्रकारको पञ्चायती शैलीले लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको छ । शान्तिपूर्ण आन्दोलनमाथि गरिएको यो दमनले विद्यार्थीको अभिव्यक्ति स्वतन्त्रता र अधिकारको हनन् भएको छ । आन्दोलनरत विद्यार्थीमाथि गरिएको धरपकड निन्दनीय छ’, सिंहले भनेकी छन् । 

उनले पक्राउ परेका विद्यार्थी नेताहरूको अविलम्ब रिहाइको माग गरेकी छन् । उनले प्रहरी आक्रमणका कारण त्रिवि इन्चार्ज ममता जोशी बेहोस भएको उल्लेख गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्