![विष्णुमतीको बाढी पसेपछि...[तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Bishnumati_Flood_5_K21TtLjAKj.jpg)
शनिबार दिउँसो करिब ३ बजेतिर परेको वर्षाका कारण विष्णुमती खोलामा बाढी आएको छ ।
बाढीका कारण टोखा नगरपालिका-९ दीपज्योति क्षेत्रमा घर, पसल तथा खाजाघरहरूमा पानी पसी जलमग्न भएको छ ।
विष्णुमती नदीमा र महादेव खोला दोभान क्षेत्रमा खोला साँघुरो हुने गरी दायाँबायाँ लगाइएको पर्खालमा कारण खोला सडक हुँदै घरघरमा परेको स्थानीयले जानकारी दिए ।








