२१ असार २०८३, आइतबार

भारतीय विदेश सचिव मिस्री स्वदेश फिर्ता

भदौ २, २०८२
काठमाडौं
भारतीय विदेश सचिव मिस्री स्वदेश फिर्ता

भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । 

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आइतबार नेपाल आएका उनी सोमबार साँझ स्वदेश फर्किएका हुन् । 

विदेश सचिव मिस्रीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए ।

भेटमा उनले भारतको नेतृत्वको शुभकामना व्यक्त गर्नुका साथै दुई देशबीचका पारस्परिक लाभका द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरूमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

विदेश सचिवले प्रधानमन्त्री ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारतको भ्रमण गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

यस्तै उनले प्रधानसेनापति अशोकराज सिग्देललाई पनि भेटी नेपाली सेनालाई छ थान सवारीसाधन, पाँच वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा प्रयोग हुने दुई वटा कुकर हस्तान्तरण गरेका थिए ।

विदेश सचिवले राजनीतिक दलका नेताहरूसँग पनि भेट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्