२२ असार २०८३, सोमबार

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु

भदौ ४, २०८२
काठमाडौं
अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु
तस्वीर : बीबीसी

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बालबालिका पनि रहेको बीबीसी हिन्दीले जनाएको छ । 

समाचारअनुसार तीमध्ये धेरैजसो इरानबाट उद्धार गरिएका अफगानी आप्रवासीहरू हुन् । 

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी भएको बताए ।

बसमा रहेका सबैको मृत्यु भएको हो ।

हालैका महिनामा इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेका अफगानीहरूलाई निष्कासन गर्ने प्रक्रिया बढाएको छ ।

१९७० को दशकदेखि लाखौं अफगानीहरू इरान र पाकिस्तान भागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्