२४ जेठ २०८३, आइतबार

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

भदौ ४, २०८२
काठमाडौं
रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछानेलाई प्रचण्डले बुधबार भेट्न लागेका हुन् ।

रविलाई भेट्न प्रचण्ड बुधबार साँझ ६ बजे नख्खु कारागार पुग्ने उनको सचिवालयले जनाएको छ ।

रुपन्देही कारागारमा रहेका रविलाई गत शनिबार नख्खु स्थानान्तरण गरिएको थियो । 

प्रचण्ड प्रधानमन्त्री हुँदा रवि उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए । 

salt training

कमेन्ट गर्नुहोस्