२० असार २०८३, शनिबार

चुनाव जिते पनि घरदैलो गर्दै प्रचण्ड

मंसिर २६, २०७४
चुनाव जिते पनि घरदैलो गर्दै प्रचण्ड

चितवन, २६ मंसिर– चितवनको ३ नम्बर निर्वाचन क्षेत्रबाट भारी मतका साथ विजयी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुनः घरदैलोमा निस्कने भएका छन् । 

आफूलाई मतदान गरी चुनाव जिताउने मतदातालाई धन्यवाद दिन प्रचण्ड घरदैलोमा निस्कने भएका हुन् । 

प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सेनाका अनुसार प्रचण्ड आज (मंगलवार) र भोलि (बुधवार) चितवन क्षेत्र नम्बर ३ का मतदाताको घरदैलोमा पुग्ने छन् । 

चुनावमा विजयी भएपछि काठमाडौं आउने तयारी गरिरहेका बेला प्रचण्डले एका–एक कार्यतालिका परिवर्तन गरी घरदैलो गर्ने निर्णय गरेका हुन् । 

साथै प्रचण्डले सोमवार नै विज्ञप्ती जारी गर्दै आफूलाई मतदान गरी जिताउने मतदातालाई धन्यवाद दिइसकेका छन् । उनले आगमी दिनमा आफू चितवन र समग्र राष्ट्रको विकास तथा समृद्धिका लागि केन्द्रित हुने पनि बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्