२२ असार २०८३, सोमबार

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

भदौ ८, २०८२
काठमाडौं
साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार खेलेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो । बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार मानेको छ ।

प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्