२४ जेठ २०८३, आइतबार

काठमाडौंको फुटपाथ : पाइला पाइलामा अवरोध [तस्वीरहरू]

भदौ ९, २०८२
काठमाडौं
काठमाडौंको फुटपाथ : पाइला पाइलामा अवरोध [तस्वीरहरू]

काठमाडौं उपत्यकामा बसोबास गर्ने लाखौं मानिसहरू फुटपाथमा हिँड्छन् । तर, दैनिक हजारौं मानिसहरूले आवतजावत् गर्ने फुटपाथ भने हिँड्नलाई सुरक्षित छैनन् । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध आउँछ ।  

दृष्टि भएकाहरूलाई समेत हिँड्न गाह्रो हुने फुटपाथमा दृष्टिविहीनलाई झन् कति गाह्रो होला ? अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने हो ठेगान हुँदैन ।

null

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । 

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ ।

यस्तो छ राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथ ।

null

null

null

null

null

null

null

null

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।

salt training

कमेन्ट गर्नुहोस्