२१ जेठ २०८३, बिहीबार

चर्को आवाजमा मोटरसाइकल चलाएको विवादमा युवकको हत्या- ८ जना पक्राउ

भदौ १०, २०८२
काठमाडौं
चर्को आवाजमा मोटरसाइकल चलाएको विवादमा युवकको हत्या- ८ जना पक्राउ

स्याङ्जाको वालिङ नगरपालिका-५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढालबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हरिनास गाउँपालिका-५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय  निशान थापा, चापाकोट नगरपालिका-०५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् । 

वालिङ नगरपालिका-५ जर्कोटस्थित मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढालबहादुरलाई शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको थियो । 

अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । 

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्