
कञ्चनपुरको पुनर्वास नगरपालिका-१० दोदापुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सु.प.प्र ०१-००८प ४९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ ‘ग’ गाउँ बस्ने १८ वर्षीय जयराज थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।