२९ असार २०८३, सोमबार
ओली-मोदीबीच जम्काभेट

ओलीसँग भेटेको तस्वीर शेयर गर्दै मोदीले लेखे– नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष

भदौ १५, २०८२
काठमाडौं
ओलीसँग भेटेको तस्वीर शेयर गर्दै मोदीले लेखे– नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको तिआनजिनमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत ओलीसँगको भेटबारे खुसी व्यक्त गर्दै भारत–नेपाल सम्बन्धलाई ‘विशेष र गहिरो’ रहेको बताएका छन् ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तिआन्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्दा खुसी लाग्यो । भारत–नेपाल सम्बन्ध गहिरो र विशेष छ ।’

प्रधानमन्त्री ओलीसँग मोदीको यो भेट औपचारिक भन्दा पनि कार्यक्रमको दौरानमा भएको हो ।

मोदीले माल्दिभ्स, ताजिकिस्तान र बेलारुसका राष्ट्रपति, इजिप्टका प्रधानमन्त्रीलगायतसँग पनि उभिएरै कुरा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्