
जेन-जी आन्दोलनका कारण विराटनगरमा दुई दिन शिक्षण संस्था बिदा हुने भएका छन् ।
मंगलबार र बुधबार शिक्षण संस्थामा बिदा दिइएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दुई दिन विद्यालय बिदा दिने निर्णय भएको छ ।
‘भोलि र पर्सि कलेज बिदा दिने निर्णय भएको छ’, उनले भने, ‘स्कुल भने भोलि मात्रै बिदा हुनेछ ।’