२६ असार २०८३, शुक्रबार

आन्दोलनले लुम्बिनीका सरकारी संरचना ध्वस्त हुँदा कति भयो क्षति ?

भदौ २५, २०८२
बुटवल
आन्दोलनले लुम्बिनीका सरकारी संरचना ध्वस्त हुँदा कति भयो क्षति ?

जेन-जी पुस्ताको मंगलबार भएको प्रदर्शनले लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका सरकारी कार्यालय प्रमुख निसानामा परे । जहाँ तोडफोड र आगजनी भयो ।

यसरी तोडफोड र आगजनी भएका अधिकांश सरकारी कार्यालय बनेको पाँच वर्ष पुगेको थिएन । अबौं खर्चिएर बनेका  संरचना जेलर खण्डहर बन्न पुगेका छन् ।

रूपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, बाँके, बर्दिया पश्चिम नवलपरासीका अदालत, स्थानीय तह, कारागार, इलाका प्रशासन, राजश्व अनुसन्धान कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, नेताका घर जलेर खरानी भएका छन् । 

प्रदर्शन र आगजनीबाट राज्यको अनुमान गर्न नसक्ने नोक्सानी भएको छ भने कारागारबाट कैदी बन्दीहरू भागेर अदालतमा आक्रमण गरेका छन् ।

बुटवलको राजश्व अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, उच्च अदालत तुलसीपुर इजलास बुटवल, सरकारी वकिलको कार्यालय जलेर कुनै कागतपत्र बाँकी छैनन् । साथै इलाका प्रशासन, सडक डिभिजन कार्यालय, स्टार लेबलका होटलमा आगो लगाएर ध्वस्त बनेका प्रहरीले जनाएको छ । 

यता बुटवल र अर्घाखाँचीमा रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा समेत आगजनी भएको छ । पूर्वमुख्यमन्त्री लिला गिरी, मन्त्री भूमिश्वर ढकाल, पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठसहितका घरमा आगजनी भएको छ ।

बुटवलमा स्टार होटल ड्रिम इन्टरनेशनल र तिलोत्तमा टुपिल होटलमा आगजनीमा नष्ट भएका छन् । बुटवलको भाटभटेनी सुपरमार्केटमा प्रदर्शनकारीले आक्रमण गरी सामान लुटेर लगेका छन । कर छलेर प्रहरीले नियन्त्रणमा लिएका सबै सामान राजश्व अनुसन्धान कार्यालय बुटवलमा रातभर लुटेर लगेका छन् । रुपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रले बेलहिया नाकामा सुरक्षा कडाइ गरी नाका सिल भएको बताए । अहिले जिल्लामा निषेधाज्ञा जारी छ ।

null

दाङका सबैजसो सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । दाङको घोराही र तुलसीपुर उमहानगरपालिकाको कार्यालयसहित तुलसीपुरको उच्च अदालत, उच्च सरकारी वकिल कार्यालय, मालपोत कार्यालय तुलसीपुर, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति, भू तथा जलाधार कार्यालय, नेपाल आयल निगमको कार्यालयलगायतका कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरिएको थियो  । 

त्यस्तै, विजौरीस्थित एमाले महासचिव शंकर पोखरेलको घर, एमाले नेतृ कोमल वलीको रिसोर्ट, कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमन्त्री हिराचन्द्र केसीको घरमा पनि तोडफोड तथा आगजनी गरिएको छ । त्यस्तै एमाले, कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड तथा आगजनी गरिएको छ । 

यस्तै, घोराहीमा घरेलु तथा साना उद्योग कार्यालय, मालपोत कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला समन्वय समिति, नेपाल बार एसोसिएसन, जिल्ला अदालत, घोराही उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायतका कार्यालयमा तोडफोड र आगजनी भएको छ । 

null

यता पश्चिम नवलपरासीमा बुधबार बिहान सबै कैदीबन्दी भागेका छन् । कारागारमा ५०० भन्दा बढी कैदीबन्दी रहेको बताइएको छ । 

जिल्ला सरकारी वलिकको कार्यालय, बर्दघाट नगरपालिका रामग्राम, सुनवलमा पनि आगजनी र तोडफोड भएको छ । जिल्ला एमाले नेता दीपेन्द्र अधिकारी, धिरज शर्माको घर तोडफोड र आगजनीमा परेर ध्वस्त भएको छ । 

त्यस्तै, कांग्रेसका नेता विक्रम खनाल, नेता हृदयेश त्रिपाठीको घर पनि आगजनी भएको छ । यस्तै, कपिलवस्तुको तौलिहवामा रहेको कारागारबाट सबै कैदीबन्दीहरू भागेका छन् । बाँके, बर्दिया, प्युठान लगायतका जिल्लामा पनि तोडफोड र आगजनीको घटना भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्