२१ असार २०८३, आइतबार

ट्रक त्रिशूली नदीमा खस्यो

कात्तिक २०, २०७४
ट्रक त्रिशूली नदीमा खस्यो

धादिङ, ७ माघ - पृथ्वीराजमार्गअन्तर्गत धादिङको जोगिमारा गाविस–१ हुग्दी खोलामा आज ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ६ ख ७३७० नं को ट्रक त्रिशूली नदीमा खस्दा मकवानपुर जिल्ला मदनपोखरीका ३० वर्षीय चालक विवेक थिङको मत्यु भएको प्रहरीले जनाएको छ । चालकको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको थियो ।

सोही गाडीका सहचालक १६ वर्षीय रोजन तितुन घाइते भएकाले राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्