०३ असार २०८३, बुधबार

सुरक्षाकर्मीको खोजतलासमा लापरबाही : एक महिनापछि घटनास्थलमा नै शब भेटियो

सुरक्षाकर्मीको  खोजतलासमा लापरबाही : एक महिनापछि  घटनास्थलमा नै शब भेटियो

नुवाकोट, १ पुस - एक महिनाअघि मिनीट्रक दुर्घटनामा परी हराएका तार्केश्वर गाउँपालिका–२ तारुकाका गणेशश्याम नेपाल आज मृत अवस्थामा भेटिएका छन् । 

मंसिर ३ गते विदुर नगरपालिका–९ कोलनीमा बा२ख ६३४३ नंको मिनीट्रक दुर्घटना हुँदा हराएका ४४ वर्षका नेपाल घटनास्थलमा नै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । 

टिपर दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले उद्धार गरी चालकसहित तीनजनालाई उपचारका लागि अस्पताल पठाएको थियो । टिपरमा नै सवार नेपाललाई दुर्घटनापछि नभेटिएको भन्दै खोजतलासका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

सवारी दुर्घटनापछि उद्धारमा खटिएका सुरक्षाकर्मीले खोजतलासमा लापरबाहीले हराएका अधिकारीको शव एक महिनापछि दुर्गन्धित अवस्थामा घटनास्थलमा नै भेटिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्