११ साउन २०८३, सोमबार

दुहवी मनमोहन गोल्डकप मनाङको कब्जामा

पुस १, २०७४
दुहवी मनमोहन गोल्डकप मनाङको कब्जामा

इटहरी, १ पुस - दोस्रो दुहवी मनमोहन आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आज भएको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँले नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी टोलीलाई २–१ गोलले पराजित गर्दै रु चार लाख नगदसहित उपाधिमाथि कब्जा जमाएको छ । 

सुनसरी जिल्लाको औद्योगिक करिडोर क्षेत्र दुहवी रङ्गशालामा जारी प्रतियोगितामा उपविजेता त्रिभुवन आर्मी क्लब काठमाडौँले दोस्रो बन्दै रु दुई लाखमा चित्त बुझाएको छ । 

खेलको पहिलो हाफमा दुबै टोलीका तर्फबाट १–१ गोल भएको थियो । कडा प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मीका तर्फबाट पहिलो हाफको १७औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । एक गोलले अघि बढिरहेको खेलमा खेलको २७आँै मिनेटमा विशाल राईले जवाफी गोल गर्दै खेल १–१ गोलको बराबरीमा पु¥याएका थिए । 

पहिलो हाफपछि भएको खेलमा मनाङ मस्र्याङ्दी विमल रानाले दोस्रो खेलको १४औँ मिनेटमा सुन्दर गोल थप्दै आफ्नो टोलीका लागि दुई गोलको योग तयार पारे । उनको सोही गोल नै आजको फाइनल खेलको निर्णायक गोल बन्दै मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधिमाथि जित निकालेको हो । 

यस खेलमा मनाङका सुजल श्रेष्ठ सर्वोत्कृष्ट घोषित बन्दै रु २५ हजार नगदसमेत प्राप्त गरे भने त्रिभुवन आर्मी टोलीकै अनिल गुरुङलाई सम्मान गर्दै ३२ इञ्चको कलर टिभी प्रदान गरिएको छ । त्यस्तै आजको अन्तिम खेलमा ‘म्यान अफ द म्याच’ घोषित बन्दै मनाङका विशाल राईले रु १० हजार प्राप्त गरेका छन् । त्यसैगरी सोही क्लबका बेस्ट फरवार्डको उपाधि अनिल गुरुङ बेस्ट डिफेन्सको उपाधि प्याट्रिक घोषित हुँदै जनही रु १०–१० हजार नगद प्राप्त गरेका छन् । 

त्यसैगरी उक्त फाइनल खेलमा त्रिभुवन आर्मीका खेलाडी नवयुग श्रेष्ठले खेल अवधिभर सर्वाधिक तीन गोल गर्दै रु १० हजार र बेस्ट मिड फिल्डरतर्फ आर्मीकै भरत खवास घोषित बन्दै उनले पनि रु १० हजार नगद प्राप्त गरेका छन् । 

एलेभन एरोज क्लबद्वारा आयोजित उक्त प्रतियोगितामा आठवटा क्लबको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्