१० साउन २०८३, आइतबार

भारतबाट हतियार ल्याएर नेपालमा डकैती, बारामा पक्राउ पर्यो यस्तो समूह

पुस ५, २०७४
भारतबाट हतियार ल्याएर नेपालमा डकैती, बारामा पक्राउ पर्यो यस्तो समूह

कलैया, ५ पुस– आपराधिक घटना घटाउने योजनासहित हिँडिरहेका एक समूहलाई बारा प्रहरीले मंगलबार हतियारसहित पक्राउ गरेको छ । 

पक्राउ परेका छजनाको समूहलाई बुधबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार बाराको कोल्हवी नगरपालिका क्षेत्रमा डकैतीको योजना बनाएर मंगलबार तामागढीबाट टेम्पो चढेर कोल्हवीतर्फ जाँदै गर्दा भलुवाहीखोरबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा भारत विहारको सितामढी ग्राम पञ्चायत विसुनपुर गोनाही–१ का पप्पु सहनी, दिनेश दास, भारत सितामढी ग्राम पञ्चायत सोनवर्षा–७ का सञ्जय साह, सर्लाही मलंगवा नगरपालिका–२ का दिनेशकुमार साह, सोनार, किसुनपुर गाउँपालिका–२ का रामसेवक महरा र ईश्वरपुर नगरपालिका–९ का जगत महरा छन् । 

निजगढबाट कोल्हवीतर्फ आउँदै गरेको ना१ह ८०१५ नं को टेम्पोमा घरेलु कटुवा पेस्तोल तीनथान, सात राउन्ड गोली, धारिलो हतियार र छथान मोबाइल सेटसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्