०२ साउन २०८३, शनिबार

देउवा-प्रचण्ड भेटवार्ता, के भयो कुराकानी ?

देउवा-प्रचण्ड भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं १८ पुस– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड दिउसो सवा ४ बजे बालुवाटार पुगेका थिए । 

बालुवाटारमा भएको भटेमा प्रदेश प्रमुख नियुक्ति, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल भएको माओवादी नेताहरुले जनाएका छन् । मंगलवार नै देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

साझ ५ बजेपछि हुने बैठकमा प्रदेश प्रमुख नियुक्ति, राष्ट्रियसभाको निर्वाचन लगायतका बिषयमा छलफल हुने प्रधानमन्त्रीका सहयोगीहरुले बताएका छन् । सर्वदलीय बैठकपछि सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतको दावी छ । 

यसअघि बिहान बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको थियो । 
*फाइल फाटो

salt training

कमेन्ट गर्नुहोस्