२९ जेठ २०८३, शुक्रबार

सरकारी वकिलको बहस वहिष्कार आज पनि कायमै

कात्तिक २०, २०७४
सरकारी वकिलको बहस वहिष्कार आज पनि कायमै
काठमाडौं, १० माघ -- आइतवारदेखि सरकारीवादी मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका सरकारी वकिलले सोमवार पनि आफूहरुको आन्दोलनलाई कायम राखेका छन् ।

उच्च अदालतमा भएको न्यायाधीश नियुक्तीमा आपत्ति जनाउँदै सरकारी वकिलले आइतवार देखि सरकारवादी मुद्दाको इजलास बहिष्कार गरेका थिए ।

वकिलले इजलास बहिष्कार गरेसँगै हत्या, जवर्जस्ती करणी, बलात्कार जस्ता निरन्तर सनुवाइ हुने मुद्दा प्रभावित भएका छन् ।

सवोच्च अदालतका अनुसार आइतवार ५० भन्दा बढी सरकारवादी मुद्दा पेशी चढेको भएपनि ति मुद्दा वकिलहरुका कारण प्रभावित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्