२९ असार २०८३, सोमबार

रिसाउनु हुन्छ ? ख्याल गर्नुस् यस्ता रोग लाग्न सक्छन् !

पुस २४, २०७४
रिसाउनु हुन्छ ? ख्याल गर्नुस् यस्ता रोग लाग्न सक्छन् !

काठमाडौं, २४ पुस– भनिन्छ, रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो । समयमै रिसलाई व्यवस्थापन गर्न सकिएन भने दुर्घटना निम्त्याउन सक्छ । रिसले पारिवारिक कलह, झगडादेखि पारपाचुकेसम्मका गम्भीर समस्या निम्तिन सक्छ । 

चित्त नशुझेको कुरामा सामान्य रिसाउनु, तनाव हुन प्रकृतिको नियम हो । तर, रिसकै कारण दैनिक जीवनका गतिविधिलाई असर पुर्याउने गरेको छ भने यसको सही व्यवस्थापन गर्न आवश्यक हुन्छ । 

-रिसले मानसिक, भावनात्मक समस्या त निम्त्याउँछ नै, यसका साथै शारीरिक समस्या पनि हुन सक्छ । 


-रिसकै कारण टाउको दुख्ने, रक्तचाप, मुटु रोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्याहरु निम्त्याउन सक्छ ।


-रिस उठ्नासाथ आफ्नो मनलाई डाइभर्ट गर्नुपर्छ । यसो गर्न सकिएन भने सम्बन्धित ठाउँबाट बाहिर निस्कनुपर्छ । रिस व्यवस्थापनका लागि योग ध्यान, प्राणायाम पनि गर्न सकिन्छ । 
नयाँ पत्रिकाबाट 
 

salt training

कमेन्ट गर्नुहोस्