२१ असार २०८३, आइतबार

सप्तरीमा चिसोबाट थप दुई बालबालिकाको मृत्यु

सप्तरीमा चिसोबाट थप दुई बालबालिकाको मृत्यु

सप्तरी, २४ पुस-  एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा आज साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १मा अध्ययनरत सातवर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई उद्धृत गर्दै स्थानीयवासीले जनाएका छन् । 

दुवैको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंहह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा हालसम्म १८ जनाको चिसोबाट मृत्यु भए पनि प्रहरीले छ जनाको मात्र पुष्टि गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्