०३ असार २०८३, बुधबार

चिसोले पशुपालन व्यवसाय समस्यामा

पुस २५, २०७४
चिसोले पशुपालन व्यवसाय समस्यामा

जुम्ला, २५ पुस– कर्णालीमा अत्याधिक बढ्दो चिसोका कारण भेडा र घोडी व्यवसायीलाई सकस भएको छ । चिसोका कारण कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट, र जुम्लाका विभिन्न भेडा, घोडी चराउने हजारैं व्यवसायीलाई सकस भएको हो । 

अत्याधिक चिसोले पाटनमा रहेका भेडा, घोडी हिजोआज बेँसी झारिदै छ । जुम्लामा माइनस आठ दशमलव सात डिग्री सेल्सियस तापक्रम पुगेसँगै जनजीवन कष्टकर मात्र होइन, तयसले पुशपालन व्यवसायलाई समेत असर गरेको छ ।

लेकमा राखेका खसी, बाख्रा चिसोका कारण चर्न छाडेपछि बाध्य भएर बेँसी झारिएको कालीकोट जुविथाँवाका कृषक बलबहादुर शाहीले बताए, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्