
काठमाडौं, २५ पुस– चर्चित कलाकारहरुले फिल्मका लागि खासै स्क्रिन टेस्ट दिँदैनन् । तर, कहिलेकाहीँ भने दिनुपर्ने हुन्छ । बलिउडका बिग बी अमिताभले बच्चनले पनि फिल्मका लागि हालै स्क्रिन दिएको तस्वीर सार्वजनिक गरेका छन् ।
स्क्रिन टेस्ट दिँदाका केही तस्वीर जोडेर उनले इन्स्टाग्राममा सेयर गरेका छन् । जहाँ अलग–अलग हाउभाउको अनुहार देखिन्छ । तस्वीरसागै उनले लेखेका छन्, ‘आफ्नो आउने फिल्मको तयारी गरिरहेको छु र लुक टेस्ट दिँदैछु । यो फिल्ममा कैयौं लुक्स छन्, जसमा धुवाँदार कमेडी छ ।’ तर, फिल्मको कहानी र नामबारे कुनै खुलासा गरिएको छैन ।
नयाँ पत्रिकाबाट