२८ असार २०८३, आइतबार

दुई लाख आप्रवासीलाई स्वदेश फर्कन ट्रम्प प्रशासनको आदेश

पुस २५, २०७४
दुई लाख आप्रवासीलाई स्वदेश फर्कन ट्रम्प प्रशासनको आदेश

काठमाडौं, २५ पुस– अमेरिकामा आप्रवासीको चाप रोक्न भन्दै त्यहाँ बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् ।

अमेरिकामा एल साल्भाडोरका आप्रवासी दुई लाखको हाराहारीमा छन् । सन् २००१ मा लगातार आएको भूकम्पपछि अमेरिका प्रवेश गरेका उनीहरुलाई मानवतावादी कार्यक्रम ‘टेम्प्रोरी प्रोटेक्टेड स्टेटस’ (टीपीएस) दिइएको थियो । उनीहरुलाई सन् २०१९ सम्ममा स्वदेश फर्कन समयसीमा तोकिएको छ । सो अवधिभित्र नफर्किएमा गिरफ्तार गरी कानुनअनुसार कारवाही हुने जनाइएको छ ।

के हो टीपीएस ?
सन् १९९० मा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत विभिन्न मुलुकका आप्रवासीलाई कानुनी रुपमा अमेरिकामा बस्न र काम गर्ने अधिकार दिइन्छ । कानुनी रुपमा वा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने सबैलाई यो कार्यक्रम अन्तर्गत सम्बोधन गरिन्छ ।

यस्तो अधिकार सशस्त्र संघर्ष, प्राकृतिक विपत् वा महामारीबाट प्रभावित मुलुकका नागरिकले मात्र प्राप्त गर्दछन् । अमेरिकामा एल साल्भाडोरका दुई लाख नागरिक छन्, जो टीपीएस पाउने सबैभन्दा ठूलो समूह हो । 
 

salt training

कमेन्ट गर्नुहोस्