२७ जेठ २०८३, बुधबार
महावीरको प्रतिक्रिया

‘मन्त्री बन्नेबारे केही खबर आएको छैन!’

जेठ २६, २०८३
काठमाडौं
‘मन्त्री बन्नेबारे केही खबर आएको छैन!’

सांसद महावीर पुनले आफू मन्त्री बन्नेबारे केही जानकारी नआएको बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको विषयमा आफूलाई  थाहा नभएको पुनको प्रतिक्रिया छ ।

‘१ बजेदेखि सदन छ, म यता सदन आइसकेँ । मन्त्री सिफारिस गरेका विषयमा मलाई कसैले केही भनेको छैन’, पुनले लोकान्तरसँग भने ।

यता प्रधानमन्त्री कार्यालय स्रोतले भने उनलाई मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताएको छ । 

मंगलबार नै सुधन गुरुङ समेत पुन: गृहमन्त्री नियुक्त हुँदैछन् । पुन र गुरुङको दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ गराउने तयारी छ ।

तर दिउँसो १ बजेसम्म पनि आफूलाई कुनै जानकारी नभएको सांसद पुनले बताए । 

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए ।

पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।  

 

salt training

कमेन्ट गर्नुहोस्