३१ असार २०८३, बुधबार

‘भूत आयो’ भन्दै छात्रा बेहोस हुँदा पढाइ प्रभावित

पुस ३०, २०७४
‘भूत आयो’ भन्दै छात्रा बेहोस हुँदा पढाइ प्रभावित
सन्दर्भ तस्वीर

जाजरकोट, ३० पुस– जाजरकोटको भेरी नगरपालिका २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका छात्रा कक्षाकोठामै बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यालयमा दैनिक ६ देखि १० जनासम्म छात्रा बेहोस हुने गरेको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए । 

शाहीका अनुसार ‘भूत आयो’ भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन् । एकहप्तादेखि छात्राहरुमा यस्तो समस्या देखिएको हो । कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर छात्राहरु चिच्चाउने र अचेत हुने गरेको शाहीले बताए । 

भूत आयो भन्दै कराउने छात्राहरुमा अर्धचेत हुने, चिर्थोने, कराउने, हातखुट्टा छाड्नेजस्ता समस्या देखिने गरेको छ । त्यसरी बेहोस भएका छात्रा होसमा आउन एकदेखि दुई घण्टासम्म लाग्ने गरेको छ, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्