
काठमाडौं, ४ माघ– नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । टाई ब्रेकरमा नर्वीच सिटीलई ५–४ ले हराँउदै चेल्सी चौथो चरणमा पुगेको हो ।
चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । थपिएको समयमा चेल्सीका पेड्रो र मोराटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो ।
खेलको क्रममा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भि.ए.आर.)को सही उपयोग नगरेको भन्दै आलोचना गरिएको थियो । एफए कप फुटबलका अन्य खेलहरुमा बर्नमाउथलाई हराउँदै विगान एथ्लेटिक तथा उल्भरह्याम्पटन वान्डरर्सलाई हराँउदै स्वान्सी सिटी चौथो चरणमा पुगेका छन् ।