
धनकुटा, ४ माघ– केही सातादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै बिहीबार बिहानैदेखि आन्दोल थप चर्काएका छन् ।
प्रदर्शनकारीले विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका छन् । आज आन्दोलनलाई कडा पारेका हुन् ।
प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीले क्षेत्रीय कार्यालय, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका छन्। उपप्रशासक सवन्तराज दाहाल क्वार्टरमा माथि बसिरहेको बेलामा प्रदर्शनकारीले आगजनी गरेका थिए । प्रहरीले उनको सकुशल उद्धार गरेको छ ।
यस्तै उनीहरुले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका छन् ।