
काठमाडौं ९ माघ– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको शान्तिनगरमा गत असोज २३ गते गौचनको गोली हानी हया भएको थियो ।
गौचनको हत्यामा संलग्न भनिएका श्याम गुम्बे लामालाई प्रहरीले चितवनको गीतानगरबाट पक्राउ गरेको हो । उनी हत्यामा संलग्न मुख्य सुटर भएको प्रहरीले बताएको छ ।
बाराको गढीमाईका स्थायी बासिन्दा चितवनमा लुक्दै बसेका थिए । गुम्बे चितवनको गीतानगरमा लुकेर बसेको भन्ने थाहा पाएपछि प्रहरी उनलाई पक्राउ गर्न पुगेको थियो ।
प्रहरी पुगेको थाहा पाएपछि गुम्बे भाग्न खोजेका थिए । उनलाई काठमाडौं ल्याउने तयारी भएको प्रहरी स्रोतले बतायो ।
हत्यामा संलग्न केही व्यक्ति भने पहिलै पक्राउ परिसकेका छन् ।
याे पनि पढ्नुहाेस्,