२२ असार २०८३, सोमबार

यौन शोषणको आरोपमा अमेरिकामा एक पूर्व डाक्टरलाई १७५ वर्षको जेल सजाय

माघ ११, २०७४
यौन शोषणको आरोपमा अमेरिकामा एक पूर्व डाक्टरलाई १७५ वर्षको जेल सजाय

काठमाडौं, ११ माघ– अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा अमेरिकी अदालतले  १७५ वर्षको जेल सजाय सुनाएको छ । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन् ।

न्यायाधीश रोजमेरी अकिलिनाले सजायँ सुनाउँदै नस्सारको कडा आलोचनासमेत गरेका छन् । १ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो ।

नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो । उनले कतिपय ओलम्पिक खेलाडीलाईसमेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ ।

५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो । पीडित महिलाहरुसँग अदालतले एक हप्तादेखि बयान लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्