२१ जेठ २०८३, बिहीबार

ट्रम्प नश्लवादी व्यक्ति हुन् : उत्तर कोरिया

ट्रम्प नश्लवादी व्यक्ति हुन् : उत्तर कोरिया

काठमाडौं, १८ माघ — उत्तर कोरियाले अमेरिकामाथि फेरि एकपटक प्रहार गर्दै ट्रम्प प्रशासन अर्बपतिहरूको क्लब हुनुका साथै नश्लवादी पनि भएको आरोप लगाएको छ । उसले प्रेस स्वतन्त्रता र नागरिकहरूका लागि स्वास्थ्य कभरेजमा पनि रोक लगाएको उसले आरोप लगायो ।

उत्तर कोरियाले इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका तर्फबाट सन् २०१७ मा अमेरिकामा मानवअधिकार उल्लंघनसम्बन्धी श्वेतपत्र जारी गरेको छ । तर श्वेतपत्रमा उत्तर कोरियामाथि आणविक तथा क्षेप्यास्त्र कार्यक्रमका कारण लागेको प्रतिबन्धको उल्लेख छैन । 

अमेरिकी कंग्रेसमा मंगलवार राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको पहिलो सम्बोधनमा उत्तर कोरियाको नेतृत्वमाथि प्रश्न गरेर त्यो भ्रष्ट समेत रहेको बताएका थिए । उनले आणविक हतियारमा उत्तरको मोह खतराको संकेत भएको र आफूहरूले यसविरुद्ध लगातार अभियान चलाएको बताए । 

उत्तर कोरियाको श्वेतपत्रमा उल्लेख छ, ‘नश्लवादी विभेद जस्ता गम्भीर रोगबाट अमेरिकाको सामाजिक व्यवस्था लगातार संघर्षरत छ । ट्रम्प सत्तामा आएदेखि यो समस्यामा तीव्र वृद्धि भएको छ ।’

भर्जिनियामा १२ अगस्टमा भएको घटनाले नै ट्रम्प प्रशासन नश्लवादी भएको प्रमुख उदाहरण भएको त्यसमा लेखिएको छ ।

ट्रम्पको प्रशासनमा अर्बपतिहरू हाबी रहेको र उनीहरूले गरीबको भलो नगर्ने पनि दस्तावेजमा उल्लेख गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्