२७ जेठ २०८३, बुधबार

प्रदेश ५ मा प्रदेशसभा बैठकको तयारी पूरा, सांसदहरु बुटवल आइपुग्ने क्रम जारी

माघ २०, २०७४
प्रदेश ५ मा प्रदेशसभा बैठकको तयारी पूरा, सांसदहरु बुटवल आइपुग्ने क्रम जारी

बुटवल, २० माघ- प्रदेश नम्बर ५ प्रदेशसभाको पहिलो बैठक आइतबार अस्थायी राजधानी बुटवलमा शुरू हुँदैछ । बैठकको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । बैठकमा भाग लिन १२ जिल्लाका सांसदहरू बुटवल आइपुग्ने क्रम जारी छ । प्रदेश नम्बर ५ मा प्रत्यक्ष ५३ र समानुपातिक ३७ गरी ८७ सांसद छन् ।

बैठक दिउँसो १ बजेबाट शुरु हुने संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘बैठक हल निर्माणको काम सकिएको छ,’ अर्यालले भने, ‘भोलि (आइतबार) बिहानसम्म कुर्ची व्यवस्थापन, साउण्ड सिस्टमलगायतका काम सकिन्छ ।’

अर्यालय नेतृत्वको टोलीले ४ दिनदेखि रात÷दिन खटेर बुटवल खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको भवनलाई चिटिक्क पारेको छ ।

सरकारले बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राधानी तोकेपछि प्रमुख जिल्ला, अधिकारी हरिप्रसाद मैनाली, भवन डिभिजन कार्यालयका प्रमुख सुरेश ठाकुर लागायतको टोली यहाँ संसद, मन्त्रालय, मन्त्रीनिवास लगायतका भवन व्यवस्थापनमा खटेको थियो ।

बैठकको अध्यक्षता जेष्ठसदस्य बलदेश शर्मा पोखरेलले गर्नेछन् । प्रदेश नम्बर ५ मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस, संघीय समाजवादी फोरम, राजपाको प्रतिनिधित्व हुनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्