०३ असार २०८३, बुधबार

भ्रष्टाचारी भन्दै विप्लवका कार्यकर्ताद्वारा चूडामणि शर्माको घरमा तोडफोड

भ्रष्टाचारी भन्दै विप्लवका कार्यकर्ताद्वारा चूडामणि शर्माको घरमा तोडफोड

काठमाडौं, २३ माघ-आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले तोडफोड गरेका छन् ।

शर्मा भ्रष्टाचारी रहेको भन्दै विप्लवका कार्यकर्ताले बूढानीलकण्ठ- २२ महादेव खोला टोलमा रहेको शर्माको घरमा ढुंगामुढा गरेका हुन् ।

त्यसक्रममा शर्माको घरको झ्यालका शिशाहरु फुटेका छन् । घरमा सामान्य क्षति पुगेको छ ।

शर्माविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

salt training

कमेन्ट गर्नुहोस्