२२ जेठ २०८३, शुक्रबार

यस गाउँका मानिस रातारात भए करोडपति

यस गाउँका मानिस रातारात भए करोडपति

काठमाडौं, २६ माघ — भारतमा करोडपतिहरू त थुप्रै छन् तर तिनमा धेरैजसो चाहिँ शहरकेन्द्रित छन् । भारतको एक सानो गाउँका ३१ मानिस चाहिँ रातारात करोडपति भएका छन् । 

अरुणाचल प्रदेशको तवाङ जिल्लामा रहेको बोमजा गाउँका मानिस अचानक करोडपति भएका हुन् । त्यहाँ भारतीय सेनाको छाउनी बनाउनका लागि जमीन अधिग्रहण गरिँदा गाउँलेहरूलाई क्षतिपूर्ति दिइयो । 

अरुणाचल प्रदेश सरकारको आधिकारिक वेबसाइट अनुसार, मुख्यमन्त्री पेमा खान्डूले आफ्नो निर्वाचन क्षेत्र मुक्तोमा आयोजना गरेको कार्यक्रममा ३१ जनालाई २००.०५६ एकड जमीनको बदलामा ४० करोड ८० लाख ३८ हजार ४००
भारुको चेक वितरण गरे । यो क्षतिपूर्ति रकममा सबभन्दा ठूलो चेक ६ करोड ७३ लाख रुपैयाँको थियो भने त्यसपछिको ठूलो चेक दुई करोड ४४ लाख रुपैयाँको थियो । अन्य २९ जनालाई एक करोड नौ लाख भारुको चेक दिइयो । 

चीनसँग सीमा जोडिएको यो क्षेत्र सामरिक दृष्टिकोणले महत्त्वपूर्ण छ । अरुणाचल प्रदेशलाई रेल, हवाई, डिजिटल तथा सडक सम्पर्कमार्फत जोड्नका लागि भारत सरकारले प्रयास गरिरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्