०८ असार २०८३, सोमबार

मध्यरातमा ठमेलबाट नगद लुटी भाग्ने  तेस्रोलिङगी पक्राउ

मध्यरातमा ठमेलबाट नगद लुटी भाग्ने  तेस्रोलिङगी पक्राउ

काठमाडौं, ४ फागुन-काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटी भाग्दै गरेको अवस्थामा काठमाडौं लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई तेस्रो लिङगी बताउने नितसा समेतका ५ जनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बस्ने ३४ वर्षीय सोमराज घलानको साथमा रहेको नगद १ लाख २५ हजार लुटी भाग्ने क्रममा परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
उनको साथबाट लुटिएको रकममध्ये ३२ हजार रुपैयाँ बरामद भएको छ ।
अन्य लुटेरा फरार भएकोले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्