
हेटौंडा, ११ फागुन– मुख्यमन्त्री डोरमणी पौडेलले कर्मचारी अभावले मन्त्रालयको काम ठप्प भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले उच्च पदस्थ अधिकांश कर्मचारीले संघीयताको मर्मआुसार काम गर्न नचाहेको आरोप लगाए ।
बिहीबार राजधानीमा आयोजित बधाई कार्यक्रममा मुख्यमन्त्री पौडेलले भने,‘सरकारले संघीय सरकारले खटाएका कर्मचारीमध्ये १० प्रतिशत पनि हाजिर भएका छैनन, हाजिर भएका केही कर्मचारी पनि बिदा लिएर हिँडिसके । ’ कर्मचारी अभावमा मन्त्रीहरु मन्त्रालय आउन तथा दैनिक कार्यसञ्चालन गर्न पाएका छैनन्, कान्तिपुरमा खबर छ।