
काठमाडौं, १५ फागुन — ब्रायन नाम गरेका एक फोटोग्राफरले बेल्जियममा ग्रान्ड ओरिएन्ट एक्सप्रेस नामक पुरानो विलासी रेल बिस्तारै कुहिँदै गएको देखाएका छन् ।
सन् १८८३ मा प्रारम्भ गरिएको यो रेलले तत्कालीन विलासी यात्रालाई परिभाषित गर्थ्यो । कोम्पेन इन्टरनासनाल डेस व्यागन्स–लिट्स नामक कम्पनीले यो रेल शुरू गरेको थियो ।
यस्ता सुन्दर रेलहरू संसारमा थोरै मात्र बाँकी छन् । एउटा यस्तै रेल भेनिस–सिम्प्लोन ओरिएन्ट एक्सप्रेसलाई होटल सुईट बनाइएको थियो । अर्को चाहिँ यी तस्वीरहरूमा देखिएको रेल हो जुन बेल्जियममा त्यत्तिकै बसिरहेको छ । सन् २००९ को डिसेम्बर महीनामा यात्रा अन्त्य गरेदेखि यो त्यत्तिकै छ ।





एजेन्सी