२२ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री भट्ट र अमेरिकी राजदुत टेप्लिजबीच भेटवार्ता

फागुन २०, २०७४
मुख्यमन्त्री भट्ट र अमेरिकी राजदुत टेप्लिजबीच भेटवार्ता

धनगढी, २० फागुन– प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि अमेरिकी राजदूत अलैना वि टेप्लिजबीच आज शिष्टाचार भेट भएको छ ।

भेटघाटको क्रममा राजदुत टेप्लिजले मुख्यमन्त्री भट्टलाई बधाई तथा शुभकामना व्यक्त गरिन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भेटघाट भएको हो ।

राजदूत टेप्लिज अमेरिकी सहयोग नियोग युएसएआइडीद्वारा सञ्चालित गतिविधिको अनुगमनका क्रममा यहाँ आइपुगेको मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्