२२ असार २०८३, सोमबार

टाटा गाडीका दुई वटा शो रुम संचालन

कात्तिक २०, २०७४
टाटा गाडीका  दुई वटा शो रुम संचालन
काठमाडौं,२६ मंसिर–टाटाका ब्यवसायिक गाडीका सुविधा सम्पन्न दुई वटा शो रुमहरु संचालनमा आएका छन् । शनिवार विशेष समारोहकावीच शशीला मोटर्स (रवीभवन, काठमाडौं) र शशीला मोटर्स (सूर्यविनायक, भक्तपुर) संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
टाटा मोटर्स्का दक्षिण एशिया क्षेत्रीय निर्देशक सतीश मच्छेराजु र सिप्रदी ट्रेडिङका निर्देशक सौर्य राणाले संयुक्तरुपमा शोरुम उद्घाटन गर्नु भयो । कार्यक्रममा सिप्रदी ट्रेडिङका अर्का निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालक राजेशप्रसाद गिरी र टाटा मोटर्सका नेपाल भुटान कन्ट्री म्यानेजर बोध प्रसाद मुखिया लगायतका ब्यक्तित्वको पनि उपस्थिति थियो ।
कार्यक्रममा शशीला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाले शशिला मोटर्सले काठमाडौ र भक्तपुरका ब्यवसायीलाई बैंक फाइनन्सको सुविधा समेत उपलब्ध गराएर असाध्यै सहजताका साथ टाटाका ब्यवसायिक गाडी उपलब्ध गराउने भएका कारण गाडी खरिद गर्न ब्यवसायीलाई भौतारिनु नपर्ने र निम्न पुँजी भएका ब्यवसायीलाई पनि गाडीधनी बनाउने काम शशीला मोटर्सले गर्दैै आएको र गरिहने बताउनु भयो ।
उपत्यकाका ब्यवसायीहरुलाई सहज र सरल रुपमा गाडी उपलब्ध गराउने उद्देश्यले यी दुई शो रुम स्थापना भएसंगै उपत्यकाका ब्यवसायीले सिप्रदी ट्रेडिङकै मूल्यमा अझ थप सहजता र सुविधाका साथ गाडी खरिद गर्न सक्नेछन् । शशीला मोटर्सले काठमाडौं र भक्तपुरमा टाटा मोटर्सका साना ब्यवसायिक गाडीहरु विक्री गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्