०७ साउन २०८३, बिहीबार

ओठ सुन्दर देखाउन लिपिस्टिकको प्रयोग

फागुन २५, २०७४
ओठ सुन्दर देखाउन लिपिस्टिकको प्रयोग

काठमाडौं, २५ फागुन– लिपिस्टिकलाई बोल्ड लुक्स दिन लिपिस्टिक लगाएपछि ओठको चारैतर्फ आउटलाइन बनाउन सक्नुहुन्छ । यसका लागि आइब्रो पेन्सिलको सहायता लिन सक्नुहुन्छ ।

परिवर्तित मौसमसँगै ओठ पनि संवेदनशील हुन्छ । हावाका कारण ओठ रुखो र सुक्खाा हुन्छ । यसलाई सफ्ट बनाउन ओठलाई एक्सफोलिएट गर्नुस् । यसका लागि भ्यासलिन लगाएर टुथब्रसको सहयोगले घर्षण गर्नु सक्नु हुन्छ । त्यसपछि लिपबाम लगाउनुस्, अनि लिपिस्टिक ।

लिपिस्टिक लगाउनुपूर्व फाउन्डेसन प्रयोग गरेमा लिपिस्टिक ओठभन्दा बाहिर जान सक्दैन । 

तपाईलाई मन पर्ने रंगको लिपिस्टिक ब्रसका माध्यमले ओठमा लगाउनुस् । त्यसपछि ब्लान्टिङका लागि टिस्यु पेपरको प्रयोग गर्नुस् ।

लिपिस्टिक टिकाउन ग्लोसीको प्रयोग गर्न सक्नुहुन्छ । लिपिस्टिक लगाएपछि तल्लो ओठको बीच भागमा ग्लोसी प्रयोग गर्न सक्नुहुन्छ । यसका अलवा यसको पाउडर बनाएर पुरै ओठमा छर्किन पनि सक्नुहुन्छ ।
नयाँ पत्रिकाबाट । 
 

कमेन्ट गर्नुहोस्