२९ असार २०८३, सोमबार

राष्ट्रपति निर्वाचनमा यी ३ सदस्यले  भोट हाल्न नपाउने

फागुन २६, २०७४
राष्ट्रपति निर्वाचनमा यी ३ सदस्यले  भोट हाल्न नपाउने

काठमाडौँ, २६ फागुन- राष्ट्रिय सभा सदस्यमा सरकारबाट मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला  राईले राष्ट्रपति निर्वाचनमा भोट हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका मतदाताको नामवली २१ फागुनमा नै सार्वजनिक गरिसकेको छ ।

त्यो सूचीमा तीनजनाको नाम समावेश हुन सकेको थिएन । त्यसैले उनीहरू मतदानमा सहभागी हुन पाउने छैनन् ।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य राष्ट्रपति निर्वाचनका मतदाता हुन्छन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति २९ फागुनका लागि तोकिसकेको छ, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्