३० असार २०८३, मंगलबार

रुपन्देहीमा पनि गोली चल्यो, बालबाल जोगिए व्यवसायी

फागुन २८, २०७४
रुपन्देहीमा पनि गोली चल्यो, बालबाल जोगिए व्यवसायी

रुपन्देही, २८ फागुन– कैलालीमा मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहारको घटना भएकै आसपासको समयमा रुपन्देहीमा पनि अर्को गोली प्रहारको घटना भएको छ । 

रुपन्देहीको भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको हो  । 

भारतिय मोटरसाईकलमा आएका दुई जनाले सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यसमति सदस्य हरिष सेठियालाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेका हुन् । 

यद्यपी गोली छल्न सफल हुँदा उनी सकुशल छन् ।  

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले उनलाई  भैरहवाको हाटबजार स्थीत सेवा पथमा गोली प्रहार भएको बताए । 
 

प्रहरीले गोली हान्ने दुई जनामध्ये एक जना भागेको र एक जनालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।  यस्तै अर्का फरार व्यक्तिको पनि खोजी भइरहेको प्रहरीको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्