२४ जेठ २०८३, आइतबार

राजनीतिक संक्रमणको कालखण्ड सकियो अब समृद्धि - प्रचण्ड

राजनीतिक संक्रमणको कालखण्ड सकियो अब समृद्धि - प्रचण्ड

काठमाडौं, चैत ४- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वमा दक्षिण एशियाको सम्मानजनक स्थान निर्धारण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

राजधानीमा आयोजित ‘दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलन”मा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले दक्षिण एशियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन सबैमा अपील गर्नुभएको हो । “मानवीय तथा प्राकृतिक श्रोतका दृष्टिले दक्षिण एशिया धनी रहेको छ । क्षेत्रीय सामिप्यता, सांस्कृतिक समानता र विकासको चाहना उत्प्रेरक पक्ष रहेका छन् ।” अध्यक्षले भन्नुभयो, “अब दक्षिण एशियाली देशहरुबीचको आपसी एकता र सामुहिक प्रयासको खाँचो रहेको छ ।”

दक्षिण एशियाली क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरुको आत्मसमीक्षा गरेर आगामी बाटो पहिल्याउनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । तीन दशक अघि दक्षिण एशियाली क्षेत्रको साझा समृद्धिको लक्ष्य बोकेर सार्कको स्थापना भएको स्मरण गर्नुहुँदै अध्यक्षले सार्कले अपेक्षित विकास गर्न नसकेको टिप्पणी गर्नुभयो । “यो बीचमा सार्कले केही संयन्त्र निर्माण गरेको छ, कतिपय सम्मेलन भएका छन, र सहयोगको एउटा आधार तयार भएको छ ।” अध्यक्षले भन्नुभयो, “तर सार्कले शान्ति, स्थायित्व र समृद्धिको हाम्रो आशा भने अझै पुरा गर्न सकेको छैन । यस क्षेत्रमा रहेको विकास र समृद्धिको विशाल सम्भावना र दक्षिण एशियाका देशहरुले अनुभुति गरिरहेको लाभका बीचमा ठूलो धरातलीय अन्तर रहेको छ ।”

दक्षिण एशियाको समृद्धिका लागि क्षेत्रीय व्यापारको महत्वमा जोड दिनुहुँदै अध्यक्ष प्रचण्डले विश्व मानचित्रमा दक्षिण एशियाले सम्मानित स्थान खोजेको बताउनुभयो । “हाम्रो लक्ष्य अन्र्तक्षेत्रीय व्यापार र लगानीलाई प्रबद्र्धन गर्नु रहेको छ ।” अध्यक्षले भन्नुभयो, “तर हाम्रा व्यापारिक पूर्वाधारमा सुधार र विकासबिना यो सम्भव देखिँदैन । त्यसैगरी अन्तरदेशिय व्यापारसँग जोडिएका दक्षिण एशियाका देशहरुका कानुनी र अन्य बाधाहरुलाई नहटाइपनि यो सम्भव छैन ।” दक्षिण एशियाका देशहरु सामाजिक, आर्थिक विकासको फरक फरक तहमा रहेको तथ्य उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले सबै देशले जित्ने ‘विन–विन’ मानसिकताको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्षले भन्नुभयो, “अब विगतको मानसिकता त्यागेर सबैले जित्ने साझा संयन्त्र बनाउनु जरुरी छ । यसले मात्रै हाम्रो क्षेत्रको वैधता र विश्वसनियताको विकास गर्न सक्छ ।” विकासकालागि आपसमा जोडिनु आवश्यक रहेको बताउँनु हुँदै प्रचण्डले यसका लागि अर्थपुर्ण क्षेत्रीय एकतामा बल दिनु भयो । अध्यक्षले वर्तमान समयको विश्व समाजमा आर्थिक विकासका लागि भौतिक सामीप्यता मात्रै हैन हाम्रा मनहरुको सामीप्यता पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो । “यसका लागि सदस्य राष्ट्रहरुले आवश्यक वातावरण बनाइदिनुपर्छ ।” उहाँको भनाई थियो । अध्यक्षले दक्षिण एशियाली राष्ट्रहरुले दक्षिण एशियाली आर्थिक संगठन स्थापनाको महत्त्वाकांक्षी लक्ष लिइरहेको अवस्थामा विकासमा ढिलासुस्ती क्षम्य नहुने बताउँदै भन्नुभयो,“साफ्टा र स्याटिसको पूर्ण कार्यान्वयनका पथमा अघि बढ्नका लागि राजनैतिक इच्छाशक्ति आवश्यक छ ।”

नेपालले राजनीतिक संक्रमणको कालखण्ड पुरा गरेर विकास र समृद्धिको यात्रामा अघि बढेको बताउँदै अध्यक्ष प्रचण्डले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको समेत औंल्याउनुभयो । “नेपालको समृद्धि र विकासको अभियानमा सबैको सहयोगको अपेक्षा रहेको छ ।” अध्यक्षले भन्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्