०३ असार २०८३, बुधबार

पञ्चायती र राणाशासनकै झल्को दिनेगरी तक्मा वितरण

चैत ४, २०७४
पञ्चायती र राणाशासनकै झल्को दिनेगरी तक्मा वितरण

 काठमाडौं, ४ चैत - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आइसक्दा पनि मुलुकमा पञ्चायती र राणाशासनकै झल्को दिनेगरी तक्मा वितरण भइरहेको छ। 

विभूषण ऐन २०६४ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मुलुकका तर्फबाट दिइने कदर तथा सम्मानस्वरूप मानपदी, अलंकार, तथा पदकजस्ता विभूषण (तक्मा) प्रदान गर्नुपर्ने प्रावधान छ। 

तर तक्मा वितरण गर्दा कानुनी प्रावधानलाई पूरै बेवास्ता गरिँदै आएको छ। गृह मन्त्रालयले विभूषण वितरणमा मात्रै वार्षिक ६ करोड रुपैयाँ खर्च हुने बताएको छ। यति ठूलो रकम खर्च गरेर तक्मा वितरण गरिए पनि वर्सेनि विवादित हुने गरेको छ। मन्त्रालयका अनुसार वार्षिक ६ करोडका दरले पनि हालसम्म तक्माका लागि अबौं रकम खर्च भइसकेको छ, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्