'जनयुद्ध'का प्लाटून कमाण्डर बने साधुबाबा, हिसिलाले भेटेपछि चर्चामा

काठमाडौं, ७ चैत-कुनैबेला माओवादी सोलु-सल्लेरी ब्रिगेडको प्लाटून कमाण्डर रहेर 'जनयुद्ध'मा सहभागी भएका राम परीक्षण साफी अहिले रामानन्द ब्रम्हचारी साधुबाबा बनेर जीवन बिताइरहेका छन् ।

उनी हाल पूर्वी नेपालको सिरहा जिल्लास्थित लहानमा बस्छन् । केही दिनअगाडि नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले उनीसंग खिचाएको तस्बिर फेसबुकमा सार्वजनिक गरेपछि यस विषयमा चर्चा शुरु भएको छ ।


Advertisement

फोटोमा देखिएका ब्रह्मचारी साधुबाबा सेना समायोजन प्रक्रियाबाट चेक लिएर घर फर्केका लडाकु हुन् ।


Advertisement

यस विषयमा लोकान्तरलाई छोटो प्रतिक्रिया दिँदै नेत्री यमीले परिवर्तनका लागि लडेका योद्धाको यो हाल हुनु लज्जाको विषय भएको बताइन् । नेताहरू सत्तास्वार्थमा लिप्त भएपछि धेरै योद्धाहरू पीडामा रहेको उनको भनाइ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्