२१ असार २०८३, आइतबार

प्रदेशसभा नियमावली सर्वसम्मतले पास, अर्को बैठक चैत २४ गते

चैत ८, २०७४
प्रदेशसभा नियमावली सर्वसम्मतले पास, अर्को बैठक चैत २४ गते

विराटनगर, ८ चैत - प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालनका लागि बनेको प्रदेशसभा नियमावली मस्यौदा प्रस्ताव– २०७४ सर्वसम्मतरुपमा पास गरेको छ । 

मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुुत गर्नुुभएको थियो । 

पहिलो बैठकमा नियमावलीका विषयमा प्रदेशसभाका १२ जना सदस्यले बोल्नुभएको थियो । प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नियमावली सर्वसम्मतरुपमा पास भएको घोषणा सभामुुख प्रदीप भण्डारीले गर्नुुभयो । 

दोस्रो बैठकमा प्रदेशसभा सदस्य उषाकला राईले नियमावलीको केही बँुुदामा संशोधनका लागि संशोधन प्रस्ताव राख्नुुभएको थियो । उहाँको प्रस्तावसहित नियमावली सर्वसम्मतरुपमा पास भएको हो । 

मस्यौदाउपर उठेको विषयमा मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले जवाफ दिनुुभएको थियो । 

प्रदेशसभाको अर्को बैठक चैत २४ गते बुुधवार बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्