०३ असार २०८३, बुधबार

संसद् बैठक : १ बजेदेखि शुरु, दुई घण्टासम्म बस्न नसके स्वतः स्थगित

चैत १०, २०७४
संसद् बैठक : १ बजेदेखि शुरु, दुई घण्टासम्म बस्न नसके स्वतः स्थगित

काठमाडौ, १० चैत— प्रतिनिधिसभा बैठक अब मध्याहनपछि मात्रै बस्ने भएको छ । प्रतिनिधिसभा सञ्चालन नियमावली बनाउन गठित मस्यौदा समितिले दिउँसो १ बजेदेखि बैठक सुरु गर्ने सहमति जुटाएको हो । 

अघिल्लो नियमावलीमा बैठकको समय तोकिएको थिएन । नयाँ नियमावलीमा तोकिएकै समयमा बैठक सुरु गर्नुपर्ने व्यवस्था गरिँदै छ ।

तोकिएभन्दा दुई घण्टासम्म बैठक सुरु नभए स्वतः स्थगित भएको मानिने प्रस्ताव पनि मस्यौदामा गरिएको छ । दुई घण्टासम्म बैठक नबसे सभामुखले स्थगित गरी अर्को बैठकको सूचना जारी गर्नुपर्ने व्यवस्था राख्न सहमति जुटेको समिति सदस्य प्रेम सुवालले बताए । 

‘एक घण्टा बनाउने कि भन्ने छलफल भएको थियो । सदस्यहरूबीच दुई घण्टा नै हुनुपर्नेमा सहमति जुट्यो,’ उनले भने । यसले निश्चित समयमा डाकिएको बैठक मध्यरातिसम्म बस्ने वा नबस्ने अन्योलसमेत हट्ने भएको छ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्